स्वास्थ्य

स्वास्थ्यमन्त्रीले भने- उपचार नपाएर नागरिक मर्नुपर्दैन

पोखरा । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउनु परेमा त्यसको जिम्मेवारी सरकारले लिने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नवनिर्मित प्रसुती तथा स्त्रीरोग भवनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । दुई सय शय्या रहेको सो भवनको लागत २७ करोड रहेको छ ।

मन्त्री बस्नेतले नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले गरिब, विपन्न, अशक्त, असहायहरुलाई तत्कालै सहज तवरबाट सरकारले निःशुल्क उपचार थालेको बताए । उनले सात प्रदेशमध्ये बागमती, मधेश, गण्डकी र लुम्बिनीमा निःशुल्क सेवा सुरु गरेको समेत जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत