गाउँ सहर

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलटलाई उपचारका लागि काठमाडौँ ल्याइँदै

  • २७ असोज शनिबार, २०८० | ०८:३६:०० मा प्रकाशित
फाइल तस्बिर

काठमाडाैं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान दुर्घटना भएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

प्राधिकरणका सूचना अधिकारी गनेन्द्र भुलले भने, ‘दुर्घटना नै त नभनौँ, माथि लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो।’ 

हेलिकप्टरमा पाइलट मात्रै थिए। दुर्घटनामा क्याप्टेन प्रकाश सेढाइँ सामान्य घाइते भएको उनले बताए। 

उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ। 

सूचना अधिकारी भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरिएको हो। 

तपाईँको मत