गाउँ सहर

शेयरबजारमा १२ करोडको तनाव

“१२ करोडको सिमा हट्ने । राष्ट्र बैंक सकारात्मक।” केही स्टाटस हरु सामाजिक संजालमा अनि केही मिडियामा समाचार । तथ्य के हो ? आधार के हो ? असर के पर्छ ? केही थाहा छैन लौ अब बजार बढ्छ भन्यो एक दुई दिन दौडायो । फेरी अर्कोले लेख्छ - “१२ करोड को सिमा नहट्ने । राष्ट्र बैंक अडिग ।” स्वाट्ट जसरी बजार बढ्यो उसैगरी घट्छ । बिना कारण बढेको बजार उसै गरी घट्छ । घाटा हुनेहरु सामाजिक संजालमा अनापसनाप नियामक, मन्त्री, सरकार सबलाई गाली गर्न थाल्छन् । यो १२ करोडले कति पटक बजारलाई गिज्याई सक्यो । यस्तै कति हल्ला कति जसले बजारलाई हल्लाई रहन्छन । कहिले केही भनेर बजार उचालेको छ कहिले केही भनेर थचारेको छ, विश्वास आफ्नो सम्पत्ति र लगानीमा नहुने गाली अरुलाई गरेका छन् ।

कम्पनीको कुन fundamental को आधारमा लगानी गरेको हो र त्यो fundamental मा के परिवर्तन भयो जसले मूल्यमा फरक पार्न सक्छ ? कम्पनीको कार्यसम्पादन के कस्तो छ ? लाभांश के कस्तो आउछ ? अर्थतन्त्रका सूचकांकहरु के कस्तो छन् ? सरकार र नियामकहरुको बजारप्रति कस्तो धारणा छ ? कम्पनीको प्रक्षेपण कस्तो छ ? कम्पनी र कम्पनी सम्बद्ध इंडस्ट्री कस्तो चल्दैछ ? यस्तो कुराहरुको आधारमा किन्ने र बेच्ने निर्णय गरौं कसैलाई गाली गर्नु पर्दैन ।

नियामकहरुको आफ्नै लक्ष्य र दायरा हुन्छन् । सरकारको आफ्नै समस्या र सोचको दायरा हुन्छन्- लगानीकर्ताले आँकलन गरेर निर्णय गर्ने हो । आफुले लगानी गरेको सम्पत्तिमा आफुले विश्वास गर्ने हो । हल्लै हल्लामा लगानी गर्ने अनी अलिकति बज़ार घट्ने केही हल्ला आयो कि घाटामा लाईन लगेर बेच्न तम्सिने र घाटा भयो भने अरुलाई धारे हात लगाउने होईन । ज्ञात रहोस- अरुलाई धारे हात लगाउँदै आफ्नो शेयर बेच्न बुर्कुसी मारेर नदौडेसम्म न बजार घट्छ न घाटा हुन्छ ।

शेयर बजारमा speculation संसारभर हुन्छ यसले बजारलाई रोमाञ्चक बनाउँछ । शेयर बजारको सुन्दर पक्ष - कसैले प्रक्षेपण गर्न सक्दैन र त बजारमा क्रेता/विक्रेता दुबै रहन्छन् अनि बजार चल्दछ । तर बजारलाई सधैँ अस्थिर बनाईरहने स्वार्थले दीर्घकालमा कसैलाई हित गर्दैन ।

बचत गरौँ, बचतबाट लगानी गरौँ अनी आफ्नो लगानीमा विश्वास गरौँ । बजार र लगानीकर्ताको निर्णय प्रभावित हुने गरी सामाजिक संजालमा लेख्ने/बोल्ने वा समाचार सम्प्रेषण गर्ने सबै बजारका धमिरा हुन्- यिनीहरुलाई दुरुत्साहन, नियन्त्रण र नियमन गरौँ । सरकार र नियामकले लगानीकर्तालाई प्रोत्साहित गर्ने वाताबरण बनाऔँ- यो अर्थतन्त्रको ऐना हो । शेयर बजारलाई लगानीको एक राम्रो बिकल्प बन्न सहयोग गरौँ- जुवाघर होईन । ज्ञवाली नबिल बैंकका डेपुटी सिइओ हुन् । (ज्ञवालीकाे फेसबुकबाट साभार)

Surendra Maharjan लेख्नुहुन्छ १६ असोज, २०८० ११:३० am

मुलुकको समग्र अर्थतन्त्रलाई प्रभावित तुल्याउँन सक्ने जोखिमयुक्त क्षेत्र शेयर बजारमा लगानी गर्न शेयर कर्जा असिमित प्रवाह गराईनु दुर्भाग्यपूर्ण हुनेछ। यदि भोलिका दिनमा भयावह परिस्थिति सिर्जना भएर शेयर नै नबिक्ने अवस्था आयो भने बैंक तथा वित्तीय संस्थाहरुलाई टाट पल्टिनबाट जोगाउँन कसैले सक्दैनन्। आम सर्वसाधारणको वचत रकमलाई जोखिममा पार्नु कदापि मिल्दैन।‌ नेपाल राष्ट्र बैंकको यस विषयमा ध्यान आकर्षित होस्। नेपाली शेयर बजारमा जबसम्म नेप्सेलाई सूचीकृत कम्पनीहरूका लाभांशले दोहोर्याउँन सक्दैनन्, तबसम्म एक नेपालीले अर्को नेपालीलाई फसाउँदै कमाउँने खेल मात्र सावित भईरहन्छ।

Bishnu Neupane लेख्नुहुन्छ १६ असोज, २०८० ०९:१४ am

Timaru dalal lai k ko tanab 4/5 lakh mahinako salary vaihalxa aru public Janata jo berojgari xan uniharu lai garo ho k natak dekhara hero banxas

तपाईँको मत