स्वास्थ्य

सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सक बिरामीकाे उपचारमा फर्किए

काठमाडौं । सरकार र चिकित्सकबीच सहमति भएपछि आजबाट नियमित बिरामीकाे उपचारमा फर्केका छन् । शनिबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा ६ बुँदे सहमति भएको हो।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र "स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति" का संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । 

पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग संघर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । सहमितसँगै चिकित्सकले आन्दाेलनका कार्यक्रम फिर्ता लिएका छन्।

पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

 

गाउँ सहर संवाददाता

तपाईँको मत