चीनको विकास देखेर चकित परेँ, चिनियाँ लगानीकर्तालाई नेपाल अवसरको भूमि हो : प्रधानमन्त्री प्रचण्ड
- गाउँ सहर संवाददाता
- ७ असोज आइतबार, २०८० | १६:४१:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनको आर्थिक साझेदारीले लगानी सम्बन्धलाई बलियो बनाउने बताएका छन् ।
आइतबार चीनको राजधानी पेइचिङमा आयोजित नेपाल–चीन शिखर व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधामन्त्री दाहालले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन् ।
‘‘यस्ता सम्मेलनले नेपाल र चीनको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउन, दुई देशको व्यापार–व्यवसाय र लगानी सम्बन्धलाई बलियो बनाउन मार्ग प्रशस्त गर्ने निश्चित छ’’, प्रधानमन्त्री प्रचण्डले भने ।
सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताए ।
कार्यक्रमलाई समबोधन गर्दै उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने बताएका छन्।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले आयोजना गरेको नेपाल चाइना बिजनेश समिटमा नेपाला लगानीको वातावरण उपयुक्त रहेको सुनाए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल उपयुक्त अवसरको देश भएकाले उद्यमी र लगानीकर्तालाई स्वागतको सन्देश दिन आफू चीन आएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म यो देशमा विकासको गति र मापन देखेर छक्क पर्छु । पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म, शिक्षा र स्वास्थ्य सेवादेखि विज्ञान र प्रविधिसम्म चीनले गरेको प्रगति मानव सभ्यताको इतिहासमा विरलै देख्न पाइन्छ ।’’
प्रधानमन्त्री प्रचण्डले चिनियाँ नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउने लक्ष्य सफलतापूर्वक हासिल गरेको भन्दै चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वलाई बधाई दिए ।
उनले निकट छिमेकीका नाताले नेपालले चीनसँग पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्द्धन गर्नु आवश्यक रहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनले शान्तिपूर्ण सहअस्थित्व, आपसी समझदारी, पारस्परिक लाभ र सहयोगको फाइदा लिनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए ।
चीनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा उच्च प्रगति गरेको पनि उनले उल्लेख गरे ।
फोरममा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी रहेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्राप्त प्रतिक्रिया
उद्योग खोल्न उक्साउँछन् कार्यकर्तालाई चन्दा उठाउन खटाएर बन्द गराउँछन् , अनि पैसा कहाँ लुकाउँछन्, अर्काको विकास देखेर खुसी भएको केही महत्व छैन, दश वर्षमा दक्षिण एसियाली मुलुकमा पहिलो नम्वरमा पुर्याउँछौं भन्या त भ्रष्टाचारी मुलुकको एक नम्बरमा पो दर्ज गरेर देखाएछन्।
प्रतिकृया दिनुहोस