रुपा गाउँपालिकाकाे माझगाउँ दमदमेमा तिज विशेष कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २ असोज मंगलबार, २०८० | १९:४९:०० मा प्रकाशित

कास्की । रुपा गाउँपालिका ७ कास्कीको माझ गाउँ आदर्श युवा क्लबले तीजका अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ।
क्लवका अध्यक्ष विचित्र न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा कांग्रेस सह महामन्त्री जीवन परियारले कार्यक्रमको उद्घाटन गर्दै उक्त स्थललाई अझ ऐतिहासिक बनाउन केन्द्रबाटै पहल गर्ने प्रतिबद्वता ब्यक्त गरे।
रुपा गाउँ पालिका का उपाध्यक्ष लालसुब्बा गुरुङले आफ्नो पालिकाको मौलिक संस्कृतिको पहिचान साथै जगेर्ना पालिकाको प्राथमिकता रहेको कुरा राख्दै तिजको शुभकामना प्रदान गरेकी थिइन।
कलाकारहरु द्वय पार्वती गुरुङ र युकेश थापाले गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए।
माझगाउँ आदर्श युवा क्लवको आयोजना र हाँसपोखरी युवा क्लबको समन्वयमा सम्पन्न कार्यक्रम साँच्चिकै एेतिहासिक बनेको हाँसपोखरी युवा क्लवका पूर्व अध्यक्ष मोतिकुमार श्रेष्ठले बताए।
खुला तीज गीत प्रतियोगिताका अतिरिक्त रस्साकस्सि प्रतियोगिता,बेलुन फुटाई प्रतियोगिता र भाले छुने प्रतियोगिता समेत सम्पन्न भएका थिए। क्लवका उपाध्यक्ष अनिल भुजेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सन्चालन क्लवका सचिव विकल न्यौपानेले गरेका थिए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस