वडास्तरीय वक्तृत्वकलामा शान्ति उदयका रिदम प्रथम
- गाउँ सहर संवाददाता
- ३१ भदौ आइतबार, २०८० | १३:०४:०० मा प्रकाशित

पोखरा । ५९ औं बाल दिवसकाे अवसर पारी पोखरा महानगरपालिका वडा नं ३३ मा सम्पन्न वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति उदय माध्यमिक विद्यालयका रिदम लम्सालले प्रथम स्थान हासिल गरेका छन्।
वडा बाल मञ्चकी अध्यक्ष कञ्चन लिम्बूको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रमममा वडाध्यक्ष रामचन्द्र अधिकारीले बाल प्रतिभा प्रस्फुटनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा कालिका माध्यमिक विद्यालयकी प्रनिशा बानियाले द्वितीय, मर्निङ ग्लोरी एकेडेमीका कुशल कँडेलले तृतीय तथा सरस्वती टीका माविकी पुष्पा कार्कीले चतुर्थ स्थान हासिल गरेका छन्।
पत्रकार विष्णुहरि पौडेल, त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लिराम पाैडेल र वडा सचिव युवराज पाैडेल निर्णायक रहेकाे प्रतियोगितामा २० प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए।
विजयी भएकाहरुलाई बधाई सहित वडा सदस्यहरू दुर्गा थापा केसी, प्रकाश कार्की, विनोद भण्डारी र लीला नेपालीले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रमको सञ्चालन बाल क्लबकी सह सचिव सुष्मा थापाले गरेकी थिइन्। २८ गते राष्ट्रिय शोक भएका कारण कार्यक्रम शनिबारका लागि सारिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस