गाउँ सहर

भेष्पा अप्रिलियाको नयाँ शोरुम टेकुमा, नयाँ स्कुटर नाडा अटाे शाेमा सार्वजनिक हुँदै

  • १९ भदौ मंगलबार, २०८० | १३:४९:०० मा प्रकाशित

काठमाडौं । अप्रिलियाले नयाँ स्कुटर एसआर १६० को बीएस ६ भर्सन नेपालमा सार्वजनिक हुने भएको छ ।

भेष्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले यही भदौ २६ देखि हुने नाडा अटो शोमा उक्त स्कुटर सार्वजनिक भएको हो

अप्रिलिया १६० मा सिगंल सिलिन्डर एफआइ बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोशक सस्पेन्सन उपलब्ध रहको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुवैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध हुनेछ ।

त्यस्तै यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेलल्याम्प जस्ता फिचर रहेको छ ।

भेष्पा अप्रिलियाको शोरुम टेकुमा

डेल्टा अटोकर्पले भेष्पा अप्रिलियाको नयाँ शोरुम टेकुमा संचालनमा ल्याएको छ । भेष्पा अप्रिलियाको नयाँ आयात कर्ता डेल्टाले शोरुमा विस्तारलाई तीव्रता दिएसँगै नयाँ शोरुम टेकुमा संचालनमा ल्याएको हो ।

आगामी दिनमा देशका विभिन्न स्थानमा शोरुमा विस्तारलाई तीव्रता दिने कम्पनीले जनाएको छ ।

तपाईँको मत