शिक्षा

एन प्याव्सन कास्कीको अध्यक्षमा पुनः हेमन्त अधिकारी

पोखरा । नेशनल प्याव्सन कास्कीको  आठौं जिल्ला अधिवेशनबाट पुनः हेमन्त अधिकारी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा मनकाजी गुरुङ, सचिवमा प्रेमराज अधिकारी, कोषाध्यक्षमा राजु केसी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रमेशराज पौडेल, अर्जुनप्रसाद अधिकारी, ज्ञानेन्द्रबहादुर थापा, अर्जुन प्रसाद पाण्डे, राजु कायस्थ, तोलाकान्त न्यौपाने, शिवराज पौडेल, सञ्जय पौडेल र हरिराज अधिकारी निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै  पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शिक्षामा निजी क्षेत्रले गरेको लगानी लाई अवमुल्यन गर्न नहुने बताएका छन् ।

सामुदायिक विद्यालय आफैँमा सवल भएमा निजि विद्यालयका लगानीकर्ताले नयाँ बाटो खोज्ने बताउँदै उनले निजी विद्यालयलाई गाली गरेर मात्रै शैक्षिक फड्को मार्न नसकिने उल्लेख गरे ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रलाई नै तहस नहस गरी शिक्षा विधयेक आएकै कारण विरोधमा उत्रिन परेको बताए । उनले सरोकारवालाहरूसँग छलफल गरेर मात्रै विधयेकलाई अगाडि बढाउने नेपाल सरकारसँग सहमति भए सँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको बताए ।

गण्डकी  प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा निजी विद्यालयको नियमन र सहजिकरण गर्ने काम नेपाल सरकारको भएको बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले सामुदायिक विद्यालयले पनि अब अंग्रेजी माध्यममा पढाइ शुरु गर्न थालेको बताउँदै नेपाल अब दुइ खाले शिक्षा नहरेको उल्लेख गरे ।

नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुभाष न्यौपाने, पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, वाग्लुका अध्यक्ष नेत्रलाल न्यौपाने, प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, हिसान कास्कीका अध्यक्ष याम रोका, युनिप्स नेपालका अध्यक्ष शान्ता बहादुर गुरुङ, प्याव्स्यू कास्कीका अध्यक्ष विजयराज अधिकारी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष ऋषिराम भण्डारी, नेपाल राष्ट्रिय अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरीले बोलेका थिए ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रमा सञ्चालन गरेका थिए ।

अधिवेशनमा नेशनल प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रत्ना कुमारी गुरुङले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक ज्ञानेन्द्र बहादुर थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत