गाउँ सहर

डिजलको भाउ बढेपछि सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

तोकिएको भाडादर अनुसार अब यात्रुवाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको हो ।

बढेको भाडादर आजैबाट लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यो भाडा दुई वा सोभन्दा बढी प्रदेश अथवा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागू हुने भएको छ ।

मङ्गलबारमात्र पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपियाँ बढाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत