प्रतिनिधि सभा

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर एक हप्ता सम्मका लागि स्थगित

काठामाडौं । प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ।

आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार पनि सूचना टाँस गरेर बैठक स्थगित भएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरेको छ ।

आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत