कला

लीलाध्वज थापाको १०३औं जन्म जयन्तिका अवसरमा इतिहासकार ज्ञानमणी नेपाल सम्मानित

काठमाडाैं । उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीको अवसरमा इतिहासकार तथा साहित्यकार ज्ञानमणी नेपाललाई सम्मान गरिएको छ ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाललाई रु. २५ हजार नगद राशीसहित प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व उपकुलपति तथा जापानको लागि पूर्व राजदूत केदारभक्त माथेमाले आफ्नै आन्तरिक स्रोतको परिचालन गरेर साहित्यिक गतिविधिलाई नियमित रुपमा लामो समयसम्म निरन्तरता प्रदान गर्नु चानचुने कुरा नभएको बताउँदै लीलाध्वज थापा साहित्य प्रतिष्ठानले समाजमा बिशिष्ट योगदान गरेका कवि, कलाकार,साहित्यकार तथा अन्वेषकहरुको समाजप्रतिको योगदान मूल्याँकनका आधारमा सम्मान गरेकामा धन्यबाद ब्यक्त गरे ।

साे अवसरमा प्रतिष्ठानले प्रा. डा. लेखप्रसाद निरौला, प्रा.डा. रामप्रसाद ज्ञवाली तथा रोचक घिमिरेलगायत वरिष्ठ साहित्यकार तथा कविहरूकाे उपस्थिति रहेकाे थियाे । 

कार्यक्रममा सम्मानित भएका नेपालले मदन पुरस्कार स्थापना भएकै समयमा 'मन' उपन्यासबाट मदन पुरस्कार प्राप्त क्तित्व लीलाध्वज थापाको नामबाट स्थापित पुरस्कारबाट पुरस्कृत हुन पाउँदा खुशी लागेकाे बताए । नेपालले भने- 'लीलाध्वज जस्ताे ब्यक्तित्वको नामबाट पुरस्कृत हुन पाएकोमा आफूले देश र समाजको लागि थोरै भएपनि सुकर्म गरेको रहेछु भन्ने बोध भएको र आफ्नो आगामी कर्म सम्पूर्ण रुपमा देश र समाजका लागि रहने बताए ।'

प्रा. डा. लेखप्रसाद निरौला, रोचक घिमिरेले गुरुकुलीय पद्धतिमा अध्ययन गरेका इतिहासकार नेपालले नेपालको ऐतिहासिक महत्वलाई उजागर गर्ने क्रममा सम्मानित ब्यक्तित्व ज्ञानमणी नेपालले महत्वपूर्ण योगदान रहेकाे उल्लेख गरे । 

कार्यक्रममा कवि सीता भट्टराई, मोमिला जोशी, रमेश ‘सुभेक्षु’, काजी रोशनका साथै बलराम दाहालले आ-आफ्ना रचना (कविता) बाचन गरि कार्यक्रमलाई रौनक बनाएका थिए ।

रचना बाचन गर्ने कवि तथा साहित्यकारहरुलाई कदर-पत्र प्रदान गरिएकाे थियाे ।

प्रतिष्ठानले यसअघि ७५ जना ब्यक्तित्वहरुलाई सम्मानित हुने गरिसकेकाे छ । 

तपाईँको मत