गाउँ सहर

मिटरब्याजी सम्बन्धी अध्यादेश पुनः ल्याउने

काठमाडौं । बुधबार संसदमा टेबल हुन नसकेपछि मिटरब्याजी सम्बन्धी अध्यादेश पुनः ल्याउने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ । संसदमा बुधबार अध्यादेश टेबल हुन नसकेपछि निष्क्रिय भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले  मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने निर्णय पनि गरेको हो। 

बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित विपक्षी दलहरूको अवरोधका कारण  उक्त अध्यादेश टेबल हुन सकेको थिएन । ६० दिन कटेकाले अध्यादेश निष्क्रिय भएर मिटरब्याजी खुसी हुने अवस्था बन्यो। 

त्यस्तै,  सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।  ७ दलको बैठकले कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो। 

गाउँ सहर संवाददाता

तपाईँको मत