कला

यस वर्षको ‘लीलाध्वज थापा’ पुरस्कार इतिहासकार ज्ञानमणी नेपाललाई

काठमाडाैं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा यस वर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार इतिहासविद तथा साहित्यकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएकाे छ । नेपालको इतिहास संस्कृति, भाषा साहित्य र संस्कृति वाङ्मयमा याेगदान दिएका इतिहासविद तथा साहित्यकार नेपाललाई उक्त पुरस्कार दिन निर्णय भएकाे प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाले जानकारी दिए ।

भोजपुरकाे सिक्तेल, बितलपमा १९८९ सालमा जन्मिएका नेपालले नेपालको इतिहास संस्कृति,भाषा साहित्य र संस्कृति वाङ्मयमा विशिष्टता प्राप्त गर्नुका साथै अनेकौ ऐतिहासिक तथ्यहरुमा आधारित अनुसन्धनात्मक कृति प्रकाशन गरेका छन्  । 

नेपाललाई कदर स्वरूप सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय जानकारी गराइएको थापाले बताए ।

उक्त सम्मान तथा पुरस्कार यही २०८० आषाढ २२ गते एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी गराए ।

प्रतिष्ठानबाट हरेक वर्ष प्रदान गरिने लीलाध्वज थापा साहित्य सम्मान पुरस्कार यसभन्दा पहिले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा डा वासुदेव त्रिपाठी, प्रा डा तारानाथ शर्मा, वरिष्ठ कवि तुलसी दिवस र प्रा गोपीकृष्ण शर्मालाई प्रदान गरिएको अध्यक्ष थापाले बताए ।

तपाईँको मत