गाउँ सहर

भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध

 

काठमाडाैं । काठमाडौं‌ महानगरपालिकाका मेयर बालेन शाहले भोलिदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएका छन्। 

आइतबार मेयर बालेनले फेसबुकमा स्ट्याटस लेख्दै ‘आदिपुरूष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने बताएका हुन्।  

शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गर्दा पनि नहटेको बताएका छन्। 

'महानगरभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ', उनले लेखेका छन्।

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत