गाउँ सहर

पशुपति क्याम्पसकाे भुतपूर्व विद्यार्थीद्वारा शुभकामना तथा भेटघाट

काठमाडाैं । पशुपति बहुमुखी क्याम्पस चाबहिलका भुतपूर्व विद्यार्थी समुहकाे भेटघाट तथा छलफल भएकाे छ। क्याम्पसका २०५८ सालमा मानविकी संकायमा अध्ययन गरेका विद्यार्थीहरूकाे समुहले शनिवार भेटघाट गरेका हुन् । 

विनय गाैतमकाे संयाेजकत्वमा भएकाे भेटघाट कार्यक्रमले क्याम्पस तह उतिर्ण गरेर अन्यत्र अध्ययन, रोजगारी, व्यापार व्यवसायमा आबद्ध रहेकालाई क्याम्पस जीवनको अनुभूती दिलाएकाे भुवन पाेखरेलले बताए ।

सिताराम भट्टराईले साथिभाइबीचकाे यस्ता भेटघाटले पूनर्ताजगी गर्ने र एकआपसकाे सम्बन्धला झन् प्रगाढ बनाउने बताए ।

कार्यक्रममा जयराम बस्नेत, कृष्ण बस्ताकाेटी, अच्युत सापकाेटा, भुवन पाेखरेल, विनय गाैतम, भाेजराज भट्टराई, मानबहादुर लिम्बु, मणिराम खनाल, शिवराज खड्का, सिताराम भट्टराई, सर्वजित शाह, माधव बानिया र धिरज अधिकारी रहेका थिए । 

भेटघाटमा समसामयिक विषय, क्याम्पस जीवनका स्मरणसँगै भाविदिनहरूमा मिलेर सामुहिक रूपमा केही काम गर्ने प्रतिवद्धता गरेकाे कृष्ण बस्ताकाेटीले जानकारी दिए । आगामी दिनमा पुरानासाथीहरूला थप जाेड्दै लैजाने र समय समयमा भेटघाटई निरन्तरता दिने उनले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत