अर्थतन्त्र

कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्यायाे

काठमाडौँ। कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम ल्याइएको थियो। नीति तथा कार्यक्रम पास नहुने देखेपछि सरकारले अधिवेशन अन्त्य गरेको थियो।

अधिवेशन अन्त्य गरेपछि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले अध्यादेश जारी गरेका हुन्। कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेको छ। सरकारमा राप्रपा र एमाले छन्। सरकारसँग ४६ सांसद रहेका छन्। बहुमतका लागि १ सांसद पुगेको छैन।

सरकारमा रहेको माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन यसअघि फिर्ता लिएको थियो। दुई दलले फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने भएको छ। कोशी प्रदेशले अध्यादेशबाट बजेट ल्याएपछि प्रतिपक्षमा रहेका दलहरुले भने मान्य नहुने चेतावनी दिएका छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत