सेवा

सत्यता सहकारीको स्थापना दिवसमा रक्तदान

पोखरा । पोखरा २६ को विजयपुरमा रहेको सत्यता बचत तथा ऋण सहकारी सस्थाले आफनो १० औं स्थापना दिवसको अवसरमा राखेको खुल्ला रक्तदान ९० युनिट सगत संकलन भएको छ ।

सहकार्यको सहकारी,सत्यताको चिनारी भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत मंगलवार राखिएको रक्तदानमा ९० युनिट रगत संकलन भएको हो ।

पहिलो रक्तदाता सेयर सदस्य बसन्त बञ्जरालाई ब्लड ब्याग हस्तान्त्र गर्दै वडा नं २६ का वडअध्यक्ष नरेन्द्र थापाले सहकारीले छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने खालका योजना ल्याउनुपर्ने सुझाव दिँदै सहकारीले आफनो कार्यक्षेत्र भित्र आवश्यक पर्ने विकास निर्माणका योजनालाई सफल पार्न सहजीकरणको भूमिका निभाउनु पर्नेमा जोड दिएका थिए ।

सहकारीका अध्यक्ष निकिता सुवेदी वरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष खड्क रानाभाट, नेपाली काँग्रेस वडा नं २६ का सभापति शिव वहादुर रानाभाट, राप्रपा पोखरा २६ का अध्यक्ष टिकाराम अधिकारी, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगाना, सिलिङ कृषि सहकारी संस्थाका अध्यक्ष ठाकुर रानाभाट, लेखनाथ उद्योग वाणिज्य संघका उप महासचिव जानुका अधिकारी, संघका पूर्व अध्यक्ष सुमन मोहन भट्टराई, संस्थाका सल्लाहकार चन्द्रगोपाल रानाभाट र नरभुपाल पौडल लगाएतले रक्तदानकाे महत्व र उपयोगिताका बारेमा चर्चा गरेका थिए ।

संस्थाका सचिव प्रज्वल अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गणेश राजवंशीले र  धन्यवाद ज्ञापन कार्यक्रम संयोजक नरेश पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत