राजनीति
नेकपा माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने
- गाउँ सहर संवाददाता
- २३ जेठ मंगलबार, २०८० | १४:४१:०० मा प्रकाशित
काठमाडौं । नेकपा माओवादीको आज बिहान बसेको प्रदेश संसदीय दलको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।
माओवादी कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’का अनुसार बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन दिएको छ । कोशी सरकारमा माओवादीबाट दुई जना मन्त्री छन् । दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।
त्यस्तै माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । सरकार गठनका लागि पहल गर्न अध्यक्ष नेम्वाङको नेतृत्वमा समिति पनि बनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस