टी-ट्वान्टी महिला सिरिजमा नेपालकाे जित
- गाउँ सहर संवाददाता
- २१ जेठ आइतबार, २०८० | ११:४५:०० मा प्रकाशित

काठमाडौं । मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ । घरेलु टोलीलाई विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।
जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । नेपालले पहिलो ओभरको तेस्रो बलमै ओपनर कविता कुँवरलाई ४ रनमा गुमाएको थियो ।
महिराह इजातीले इन्दु बर्मालाई ५ रनमा बोल्ड गर्दा नेपाल ४ ओभरमा २०-२ को अवस्थामा थियो । सीताले प्रहार गरेको सटमा नन स्ट्राइकबाट रन लिनेक्रममा सम्झना खड्का रन आउट हुन पुगिन् ।
११ औं ओभरको तेस्रो बलमा नुर दानियाले सीता रानालाई कप्तान मास एलिसाबाट क्याच गराएपछि नेपाल केहि दबाबमा परेको थियो । ऐश्या एलिसाले विन्दु रावललाई ५ रनमा एलबीडब्लू आउट गरिन् ।
कप्तान रुविना विनीफ्रेडको बलमा २३ रनमा बोल्ड आउट भएपछि नेपाल केहि दबाबमा देखिएको थियो । रुविनाले ३० बलमा ३ चौका प्रहार गरिन् । अप्सरी बेगम १३ बलमा २ चौकासहित १५ रनमा अविजित रहिन् । ज्योति पाण्डे १६ बलमा १ चौकासहित १४ रनमा नटआउट रहिन् । मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ रन बनाएकी थिइन् । महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । तेस्रो विकेटका लागि इस्माली र रोस्दीले ६० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।
मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २५ बलमा ४ चौकासहित २४ रन जोड्दै आउट भएकी थिइन् । पहिलो विकेटका लागि विनीफ्रेड र वान जुलियाले ७.३ ओभरमा ३८ रनको साझेदारी गरेका थिए ।
स्पिनर कविता जोशीले विनीलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा कप्तान मास एलिसा यासमिन एलबीडब्लू आउट भएपछि खेलमा फर्किने संकेत देखाएको थियो । तर त्यसपछि नेपालले विकेट लिन सकेन ।
नेपालकी कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । चौथो खेल नेपालले ४ विकेटले हार्न पुगेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस