वर्षौँदेखि टुकी र सोलार बालेका दुर्गम गाउँका घरमा बिजुली बलेपछि
- गाउँ सहर संवाददाता
- ११ जेठ बिहीबार, २०८० | १४:१५:०० मा प्रकाशित

मध्यविन्दु । साँझमा धिपधिप बल्ने सोलार बत्ती, टुकी बाल्नुपर्ने बाध्यता, साँझ पर्न नपाउँदै चकम्मन्न बन्ने गाउँ, सुनसान र एकान्त, न त बालबालिकाले उज्यालोमा पढ्न पाउँछन् न त गृहिणीले उज्यालोमा घरधन्दा नै गर्न पाउँछन् । यसरी नै कैयौँ पुस्ताले जीवन बिताएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ ।
जिल्लाको पहाडी भेग दुर्गम गाउँ हुप्सेकोट गाउँपालिका–४ रुम्सी, चारघरे र रिताहामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ । वर्षौँदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका छन् ।
“गाउँमा बत्ती नभएर मोबाइल चार्ज गर्न पनि समस्या हुने गर्दथ्यो,अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको छ”, स्थानीय मनमाया कानुङ मगरले भनिन् ।
यस्तै अर्का स्थानीय जीवबहादुर सिंजाली मगरले भने, “गाउँमा राष्ट्रिय प्रसारण लाइन आएपछि त घरमा धन सम्पत्ति आएजस्तै भएको छ । सबै गाउँलेको मुहार उज्यालो भएको छ । जिल्लाको पहाडी भेग विकट त्यहीमाथि बल्ल बिजुली बल्यो धेरै खुसी लागेको छ ।”
बिजुली पुग्दा यहाँका जनाताले नयाँ युगमा प्रवेश गरेको महसुस गरेका छन् । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै चारघरेमा ७०, रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्र्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ ।
हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा रहेको एउटा मात्र विद्यालय हुप्सेकोट माध्यमिक विद्यालयलाई पनि विद्युत् विस्तारले राहत प्रदान गरेको छ । विद्यालयका प्रशासनिक कामकाजदेखि कम्प्युटर कक्षा सहजता भएको प्रधानाध्यापक बमबहादुर सारु मगरले बताए । “गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ”, प्रधानाध्यापक सारुले भने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस