गाउँ सहर

मुगुको हिमपहिरो घटना भएको आज चार दिन, अझै सुरक्षाकर्मीको टोली पुग्न सकेन

सुर्खेत । मुगुको हिमपहिरो घटना भएको मंगलबार (आज)चार दिन भइसकेको छ ।   अझै पनि हिमपहिरो गएको स्थानमा सुरक्षाकर्मीको टोली पुग्न सकिरहेको छैन । 

जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थिए । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने हुन्छ । १५ जना मध्ये १२ जना सकुशल फर्किएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । 

हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका  छन् । उनीहरू यार्सा टिप्न भन्दै मुगुको च्यार्खु पाटन पुगेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत