गाउँ सहर

वर्षमान पुनकी आमामाथि गोली चलाउने प्रहरी पक्राउ, अनुसन्धान जारी

काठमाडौं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । गएराति भएको उक्त घटनामा प्रहरी नै संलग्न रहेको बताइएको छ । 

वर्षमान पुनकी आमा तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

उनी बालुवाटारमा कान्छो छोरासँग बस्दै आएकी थिइन् । 

गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत