गाउँ सहर

तामाङ ल्होछारको भव्य तयारी

  • २४ पौष सोमबार, २०७४ | १७:३७:०० मा प्रकाशित


काठमाडौँ ।
नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउँदो माघ ४ गते खि नगि ल्हो, ९कुकुर वर्ष० २८५४ औं राष्ट्रिय सोनाम ल्होछार सांस्कृतिक महोत्सव भव्य रुपमा आयोजना गर्ने भएको  छ ।

आउँदो माघ २,३ र ४ गते राजधानीको टुँडिखेलमा बृहत रुपमा सोनाम ल्होछार मनाउन लागेको २८५४ औं सोनाम ल्होछार मुल आयोजक समितिको संयोजक वीर बहादुर योञ्जनले जानकारी दिनुभयो ।

उक्त अवसरमा पुरानो चरा वर्ष ज्या ल्हो, लाई बिदा गर्दै नयाँ वर्ष नगि कुकुर वर्षलाई स्वागत गर्दै विविध कार्यक्रमहरु गरिने जनाइएको छ । माघ २ गते रक्तदान कार्यक्रम, ३ गते तामाङ सेलो ग्रुप नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम ल्होछार इभ र  ४ गते सांस्कृतिक झाँकीसहित शान्ति र्याली गरिनेछ ।

 

तपाईँको मत