विश्व
पाकिस्तानको बलुचिस्तान प्रान्तमा बिस्फोट, चार सुरक्षाकर्मीको मृत्यु नौ जना घाइते
- २३ फाल्गुण मंगलबार, २०७९ | १३:२५:०० मा प्रकाशित

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडीमा बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु हुनाको साथै अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले बताएअनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो ।
विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताए ।
आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। सिन्ह्वा
प्रतिकृया दिनुहोस