राजनीति

सार्वजनिक भयो राष्ट्रपति निर्वाचनका लागि मतदाता सूची नामावली

काठमाडौँ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सूची प्रकाशन गरेको छ । 

संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सुचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । 

मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहिबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत