टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरपालिकाकाे नाममा अन्तरिम आदेश
- गाउँ सहर संवाददाता
- १८ माघ बुधबार, २०७९ | २१:३२:०० मा प्रकाशित

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा उत्खनन नगर्न काठमाडौं महानगरविरुद्ध निषेधाज्ञाको रिट जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले आज अन्तिम सुनुवाइपछि रिट जारी गरेको हो ।
यसअघि नै अदालतबाट यस विषयको निरुपण नगरी उत्खनन कार्यलाई अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
महानगरले टुकुचा खोलाको खोजी गर्ने क्रममा खोलामाथि परेका संरचनाहरूमाथि डोजर लगाएको थियो । महानगरको सो कार्यविरुद्ध २२ जनाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु गरेको थियो । उसले जय नेपाल फिल्म हललगायत विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको जग्गा खनेर टुकुचा खोलालाई सतहमा फर्काउन खोजेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
नदी नाला राज कुलोको पनि नियम छ। राजकुलोको छेउछाऊ परे मापदण्ड अनुसार आफ्नै जग्गा पनि छोड्नू पर्छ। नियमबाहिर गएर फैसला गर्ने न्याधिसलाई छानविन गर्नू पर्छ।
प्रतिकृया दिनुहोस