निर्माण

अवैध क्रसर बन्द गरेसँगै नौबिसे–नागढुङ्गा  सुरुङ मार्ग निर्माण रोकियो

काठमाडौं । नौबिसे–नागढुङ्गा  सुरुङ मार्ग निर्माणको काम रोकिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै काम पनि रोकिएको नागढुङ्गा  सुरुङ मार्ग आयोजनाका प्रमुख माधवप्रसाद अधिकारीले बताए ।

सरकारले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै टनेलको काम नै रोकिएको उनको भनाइ छ । क्रसर उद्योग व्यावसायीहरुले ढुवानी नै बन्द गरेपछि काम नै रोकिएको हो ।

गृह मन्त्रालयले पुस २० गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अवैध उद्योगहरु बन्द गर्न आग्रह गरेको थियो । जसअनुसार ७०० बढी क्रसर उद्योगहरु बन्द भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत