बागमती प्रदेशमा मन्त्रालयको संख्या एघार, कुन-कुन मन्त्रालय रहन्छन् ?
- गाउँ सहर संवाददाता
- १० माघ मंगलबार, २०७९ | १७:०२:०० मा प्रकाशित
हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ कायम हुने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मुख्य सचिव मुकुन्द निरौला नेतृत्वको समितिले दिएको सुझाव प्रतिवेदन बुझ्दै मन्त्रालयको संख्या ११ कायम हुने बताएका हुन् ।
मुख्य सचिव निरौला नेतृत्वको समितिले आज मुख्यमन्त्री जम्कट्टेललाई ९ वा ११ मन्त्रालयको संख्या काम गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बुझाएका थिए । हाल मन्त्रालयको संख्या १४ रहेको छ ।
सुरुमा डोरमणी पौडेल मुख्यमन्त्री रहँदा बागमतीमा ७ वटा मन्त्रालय थिए । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि १ वटा बढाएर ८ वटा मन्त्रालय बनाइएको थियो । तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डले गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको संख्या ८ बाट बढाएर १४ वटा बनाएका थिए । उनले ४ राज्यमन्त्री थपेर मन्त्रीको संख्या १८ बनाएका थिए ।
पाण्डे मुख्यमन्त्री रहँदा आर्थिक मामिला तथा योजना मन्त्री रहेका जम्कट्टेलले मुख्यमन्त्री निर्वाचित भएकै दिन पुस २५ गते बागमतीमा मन्त्रालयको संख्या ११ रहने बताउँदै आएका थिए । यद्यपी प्रमुख सचिवको प्रतिवेदनमा भने ९ वा ११ मन्त्रालयको विकल्प दिईएको छ ।
बागमतीमा कुन-कुन मन्त्रालय रहन्छन् ?
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आन्तरिक मामिला तथा कानून मन्त्रालय
३) आर्थिक मामिला तथा योजना मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
६) श्रम, रोजगार तथा यातायात मन्त्रालय
७) वन तथा वातावरण मन्त्रालय
८) कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९) सामाजिक विकास मन्त्रालय
१०) पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११) स्वास्थ्य मन्त्रालय
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस