बागमती प्रदेशमा मन्त्रालयको संख्या एघार, कुन-कुन मन्त्रालय रहन्छन् ?
- गाउँ सहर संवाददाता
- १० माघ मंगलबार, २०७९ | १७:०२:०० मा प्रकाशित
हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ कायम हुने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मुख्य सचिव मुकुन्द निरौला नेतृत्वको समितिले दिएको सुझाव प्रतिवेदन बुझ्दै मन्त्रालयको संख्या ११ कायम हुने बताएका हुन् ।
मुख्य सचिव निरौला नेतृत्वको समितिले आज मुख्यमन्त्री जम्कट्टेललाई ९ वा ११ मन्त्रालयको संख्या काम गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बुझाएका थिए । हाल मन्त्रालयको संख्या १४ रहेको छ ।
सुरुमा डोरमणी पौडेल मुख्यमन्त्री रहँदा बागमतीमा ७ वटा मन्त्रालय थिए । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि १ वटा बढाएर ८ वटा मन्त्रालय बनाइएको थियो । तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्रप्रसाद पाण्डले गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको संख्या ८ बाट बढाएर १४ वटा बनाएका थिए । उनले ४ राज्यमन्त्री थपेर मन्त्रीको संख्या १८ बनाएका थिए ।
पाण्डे मुख्यमन्त्री रहँदा आर्थिक मामिला तथा योजना मन्त्री रहेका जम्कट्टेलले मुख्यमन्त्री निर्वाचित भएकै दिन पुस २५ गते बागमतीमा मन्त्रालयको संख्या ११ रहने बताउँदै आएका थिए । यद्यपी प्रमुख सचिवको प्रतिवेदनमा भने ९ वा ११ मन्त्रालयको विकल्प दिईएको छ ।
बागमतीमा कुन-कुन मन्त्रालय रहन्छन् ?
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आन्तरिक मामिला तथा कानून मन्त्रालय
३) आर्थिक मामिला तथा योजना मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
६) श्रम, रोजगार तथा यातायात मन्त्रालय
७) वन तथा वातावरण मन्त्रालय
८) कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९) सामाजिक विकास मन्त्रालय
१०) पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११) स्वास्थ्य मन्त्रालय
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस