विश्व

साउदी अरेबियाले महिलालाई पनि सवारी चालक अनुमति पत्र दिन सुरू

  • २२ जेठ मंगलबार, २०७५ | १२:२९:०० मा प्रकाशित

रियाद । साउदी अरेबियाले महिलालाई पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सुरू गरेको छ । 

त्यहाँको ट्राफिक निर्देशनालयले सोमबार १० महिलालाई लाइसेन्स दिएको छ ।

उनीहरूले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स निर्देशनालयमा बुझाएका थिए ।

सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अर्को सातासम्म २ हजार महिलाले लाइसेन्स पाउने अपेक्षा गरिएको छ ।

यसअघि  महिलालाई सवारी चलाउने अनुमति नदिने साउदी अरेबिया एकमात्र देश थियो । 

गत वर्ष सेप्टेम्बरमा साउदी राजाले इस्लामिक कानुनअनुसार महिलाले पनि लाइसेन्स पाउने घोषणा गरेका थिए ।

तपाईँको मत