जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन राख्याे यस्ताे शर्त (निर्णयसहित)
- गाउँ सहर संवाददाता
- १९ पौष मंगलबार, २०७९ | २१:३४:०० मा प्रकाशित

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालले स-सर्त सरकारमा जाने निर्णय गरेको छ।
मंगलबार राजधानीमा बसेको राजनीतिक समितिको बैठकले आफ्ना एजेण्डाहरु कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको हो।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्ना ऐजण्डाहरू समावेश गरेमा सरकारमा जाने सैद्धान्तिक निर्णय भएको कार्यकारिणी सदस्य प्रमोद साहले सेतोपाटीलाई जानकारी दिए।
सरकारमा जान शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय भएको साहले बताए।
स्रोतका अनुसार जसपाले ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गरेको छ।
त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता मनिस सुमनले जानकारी दिए।
त्यस्तै आजको बैठकले माघ मसान्तभित्र पार्टीले आफ्ना सबै निष्क्रिय संगठनहरुलाई
क्रियाशिल बनाउने निर्णयसमेत गरेको छ।
गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन्।
जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ। जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु
राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले जानकारी दिए।
यी हुन् जसपाको बैठकका मुख्य ५ निर्णयहरु
१. पार्टीका मूल सिद्धान्तहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकूल नहुने गरी सरकारले न्युनतम साझा नीति तथा कार्यक्रम ल्याएको अवस्थामा, पार्टीका माग र मुद्दा सम्बोधन हुने अवस्था देखिएमा र पावर सेयरीङमा सम्मानजनक अवस्था रहेमा पार्टी सरकारमा सहभागी हुने।
२. विभिन्न राजनीतिक दल/संगठनसँग एकता सहकार्य तथा गठबन्धन सम्बन्धी वार्ता गर्नका लागि राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन भएको छ। समितिको सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन्।
३. क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति/संगठनलाई क्रियाशील बनाउन आवश्यक्ता अनुसार विघटन, गठन/पुनर्गठन गर्नको लागि माघ मसान्त सम्मको समय सीमा दिइएको छ।
४. निर्वाचनमा घात अन्तर्घात गर्ने पार्टीका पदाधिकारी तथा सदस्यहरुमाथि जाँचबुझ र छानवीन गरी कारवाही गर्न शिवलाल थापाको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन भएको छ। समितिको सदस्यहरुमा बालकिशोर यादव, अशोककुमार लगरवार, प्रमीला यादव र देवबहादुर दुरा रहेका छन्।
५. पार्टी विधान अधिवेशनको लागि मस्यौदा तयार गर्न अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन भएको छ । समितिको सदस्यहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशिला श्रेष्ठ, शिवलाल थापा, अशेश्वर यादव, भगवती सुवेदी, दीपेन्द्र झा, वीरेन्द्र ठाकुर र दीपक राई छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस