कला

मलाई ईश्वरले ज्ञान दिन सकेन

म बिग्रनुमा ईश्वरको कुनै गल्ति थिएन
गल्ति थियो मेरो भक्तिमा
एक झोलेलेझैं गरेको एकनाशको भक्ति
मेरो भक्तिमा कुनै शक्ति थिएन
सायद त्यसैले होला
मलाई ईश्वरले ज्ञान दिन सकेन ।

धर्मशास्त्रले भन्छ
आज म जे जति छु 
सबै ईश्वरको कृपाले छु
ईश्वरले केवल प्रदान गर्यो त भ्रम
अनि भ्रमको अनुभव
जहाँ कुनै शिप थिएन
जहाँ कुनै कला थिएन
जहाँ कुनै ज्ञान थिएन
त्यसैले ईश्वरले म माथि कृपा गरेन 
मलाई ईश्वरले ज्ञान दिन सकेन ।

सम्पूर्ण शरीरमा साक्षी बस्ने ईश्वर,
आदि र अन्त्य नभएको ईश्वरले
ज्ञानको कमीले गर्दा उत्पन्न 
नैराश्यतालाई शान्त पार्न सकेन
मलाई ईश्वरले ज्ञान दिन सकेन ।

ज्ञान वास्तविकता हो
ज्ञान चेतना हो
ज्ञान विवेक हो
ईश्वरले मलाई वास्तविकता दिन सकेन
ईश्वरले मलाई चेतना दिन सकेन
ईश्वरले मलाई विवेक दिन सकेन
समग्रमा म त्यही भन्छु
ईश्वरले मलाई ज्ञान दिन सकेन ।

तपाईँको मत