खेल

प्याब्सन कास्की स्पोर्टस मिटमा बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न, अरू दिनभर के भए ?

पोखरा । पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै  भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् । 

भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ । 

 

बास्केटबल प्लस टुः प्रतिभालाई दोहोरो उपाधि

पोखरा रंगशालामा सम्पन्न छात्र–छात्रा प्लस टु बास्केटबल प्रतिभा माविले दोहोरो उपाधि हात पारेको बास्केटबलका संयोजक खिम गुरुङले जनाएका छन् । 

सम्पन्न फाइनल खेलमा छात्रतर्फ प्रतिभाले पारामाउण्टलाई ७४–२० को विशाल स्कोरले पराजित गर्दै उपाधि हात पार्दा बाल कल्याणले पश्मिाञ्चललाई ४९–२८ को स्कोरले पराजित गर्दै तेश्रो स्थान हात पारेको छ । 

त्यसै गरी छात्रातर्फ प्रतिभाले भाष्कर माविलाई ३८–१६ को स्कोरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा मेरी गोल्डले केफलाई २८–९ ले पराजित गरेको छ । सम्पन्न खेलमा छात्रतर्फ प्रतिभाका निशान पुन उत्कृष्ट हुँदा छात्रातर्फ प्रतिभाकै विद्या गुरुङ घोषित भएकी छन् । प्रतियोगितामा प्रतिभाकी एरिना पुन मगर पारा माउण्टका अंकिट केसी सर्वाधिक स्कोरर हुन सफल भएका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा कार्यालयका निर्देशक अम्विका आचार्य, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

प्लस टु बास्केटबल अन्तर्गत छात्रतर्फ १६ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । 

 

टेबुल टेनिस डबल्समा ग्लोबललाई दोहोरो उपाधि

प्याब्सन कास्की अन्तर्गत जारी टेबुल टेनिस खेलतर्फ फाइनल खेलहरु सम्पन्न भएका छन् । छात्र–छात्रातर्फ डब्ल्सतर्फको फाइनल खेल भने ग्लोबल कलेजियटले दोहोरो उपाधि जितेको छ । छात्र डबल्समा ग्लोबलका पार्टनरद्वय जेनिथ ठकुरी र जेनिथ गुरुङको जोडीले फाइनलमा सिर्जनाका विशेष गौचन र रमि थापा मगरको जोडीलाई ८–११, ११–३, १३–११, ५–११ र १२–१० को सेटमा पराजित गरे । त्यसै गरी छात्रातर्फ ग्लोबल कलेजियटले नै जितेको छ । ग्लोबलका सुष्मि र मेलिनाको जोडीले सिर्जनाको प्रजिता र तृषाको जोडीलाई ६–११, ११–८, १३–११, ५–११ र ११–९ को सेटमा पराजित गरेको प्याब्सन कास्कीले जनाएको छ । 

टेबुल टेनिस छात्रा सिंगल्समा सिर्जनाकी तृष्णा पुन विजयी भएकी छन् । उनले फाइनलमा सगरमाथाकी सिजल बानियाँलाई ११–६, ११–७, ११–२ को सेटमा पराजित गरेकी हुन् । त्यसै गरी छात्रतर्फको फाइनल खेल ग्लोबलका कुशल केसीले लिटिल स्टेपका गौरव शेरचनलाई ९–११, ११–८, ११–५ र ११–४ को प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै जिते । 

 

भलिबलतर्फका खेल जारी

प्याब्सन कास्की अन्तर्गत जारी भलिबल अन्तर्गत प्लस टु (कक्षा ११–१२) र मावि तह छात्रातर्फ फाइनल खेल सम्पन्न भएको संयोजक नविन बरालले जानकारी दिएका छन् । प्लस टु छात्रातर्फको फाइनल खेल पश्चिमाञ्चलले प्रतिभालाई २५–१७, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । यसै गरी गुरुकुलले केफलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्दै तेश्रो स्थान हात पारेको छ । 

मवि तह छात्रातर्फको फाइनल खेल टप्स माविले उपाधि जितेको छ । टप्सले रेन्वोलाई २५–१२, २५–५ र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी नेपाल आदर्शले ताराकुञ्जलाई २५–१४ र २५–९ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । 

प्लस टु छात्रतर्फ गुरुकुल र सिर्जना बोर्डिङ उपाधिका लागि भिड्ने भएका छन् । गुरुकुलले टप्सलाई २५–२२ र २५–२० को प्रतिष्पर्धात्मक खेलमा पराजित गरेको हो । केफ र सिर्जना विचको सेमीफाइनल खेल भने हुन सकेन । केफले बाहिरी खेलाडी खेलाए पछि न्यायिक समितिले छानविन पछि खेलबाट निष्कासन गर्दा सिर्जनाले सोझै फाइनलमा स्थान बनाएको छ भने टप्सले सोझै तेश्रो स्थान प्राप्त गरेको छ । 

मावितह छात्र भलिबलमा सिर्जनाले निलगिरीलाई २७–२५ र २५–२३ ले खेल जित्दै फाइनलमा स्थान बनाएको छ भने न्यू मोडलले धौलागिरीलाई २५–२१ र २५–२३ ले पराजित गर्दै सिर्जना संग फाइनलमा सिर्जना संग भेट पक्का गरेको छ । फाइनल खेल बिहिबार हुने आयोजकले जनाएको छ । 

 

एथलेटिक्सका खेल जारी

एथलेटिक्स मावीतर्फ १०० मिटर छात्रतर्फ टप्सका दर्शन गुरुङ प्रथम भएका छन् भने सिर्जनाका आशिष आचार्य द्वितिय र बेसलाइनका आयुश रायमाझी तृतिय भएका छन् । छात्रा १०० मिटमा टप्सकी पवित्रा गुरुङ पहिलो, बेसलाइनकी स्वस्तिका मल्ल दोश्रो र प्रगतीकी लिजा तामाङ तेश्रो भइन् । 

छात्र २०० मिटरतर्फ प्रगतीका वर्दान राज गुरुङ, इडेनका धिरज पटेल र निलगिरी रोनित गुरुङ क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने छात्रातर्फ टप्सकी पवित्रा गुरुङ पहिलो, डायमण्डकी एकता तिवारी दोश्रो हुँदा प्रगतीकी लिजा तामाङ तेश्रो भइन् । 

प्लस टु छात्रतर्फ २०० मिटर दौडमा सिर्जनका रिशव श्रेष्ठ, प्रतिभा मनिष तिलिजा पुन र प्रगतीका बिनय परियार क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने प्लस टु छात्रतर्फ ४०० मिटर दौडमा प्रतिभाका निशान पोखरेल, वेष्ट पोइन्टका निशान रानाभाट, टप्सका जेनिश रसाइली क्रमश पहिलो, दोश्रो र तेश्रो हुन सफल भए । प्लस टु छात्रातर्फ ४०० मिटर दौडमा स्नो भ्यूकी पार्वती श्रेष्ठ, टप्सकी यूनिका गुरुङ, सिर्जनकी यूका बास्तोला क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

प्लस टु छात्र ८०० मिटर दौडमा टप्समा अमित गुरुङ, हिल पोइन्टका रमेश गुरुङ र न्यू मोडलका शचिन केसी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । छात्रा ८०० मिटर दौडमा टप्सकी सविना खातुन मिया, भ्यू पोइन्टकी सजिना सुनार र सिर्जनाकी अश्मिना केसी क्रमश पहिलो, दोश्रो र तेश्रो हुन सफल भएका छन् । त्यसै गरी ट्रिपल जम्पतर्फ बेथानीका समिर शाही, बेसलाइनका रोहन श्रेष्ठ र ग्लोबलका अनिश खड्का क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

 

फुटबल मावि फाइनलमा शान्तिदिप र स्नो भ्यू भिड्ने

प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल फाइनल खेलमा शान्ति दिप र स्नो भ्यू भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा शान्ति दिप र मेरी गोल्ड विचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा टुङ्गिए पछि नतिजा टाइ व्रेकरमा धकेलिएको थियो । टाइ ब्रेकरमा शान्तीदिपले ५–४ ले खेल जित्दै फाइनलको यात्रा तय गरेको हो । त्यसै गरी स्नो भ्यूले बालोदयलाई ४–० को गोल अन्तरले पराजित गर्दै फाइनलका स्थान शुरक्षित गरेको छ । 

फुटबल जुनियरतर्फ रेन्वो र इडेन फाइनलमा भिड्ने भएका छन् । रेन्वोले बेसलाइनलाई टाइ ब्रेकरमा ३–१ ले पाखा लगाएको हो । निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए भने एक अर्को सेमीफाइनलमा इडेनले कुमुदिनीलाई ३–० गोलले पराजित गरेको हो । फाइनल खेलहरु बिहिबार पोखरा रंगशालामा सञ्चालन हुने स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् । 

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ  ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए । 

 

प्याब्सन स्पोर्टस मिटः बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न

पोखरा, मंगसिर २८ । पोखरामा जारी ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गतनै  भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहिबार सम्पन्न हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिएकी छन् । 

भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहिबार आयोजना हुने संयोजक लामिछानेले बताइन् । बिहिबार पोखरा रंगशालमा १७ औं प्याब्सन स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुङ्गो लाग्ने संगै विजेता विद्यालयहरुलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीले जनाएको छ । 

 

बास्केटबल प्लस टुः प्रतिभालाई दोहोरो उपाधि

पोखरा रंगशालामा सम्पन्न छात्र–छात्रा प्लस टु बास्केटबल प्रतिभा माविले दोहोरो उपाधि हात पारेको बास्केटबलका संयोजक खिम गुरुङले जनाएका छन् । 

सम्पन्न फाइनल खेलमा छात्रतर्फ प्रतिभाले पारामाउण्टलाई ७४–२० को विशाल स्कोरले पराजित गर्दै उपाधि हात पार्दा बाल कल्याणले पश्मिाञ्चललाई ४९–२८ को स्कोरले पराजित गर्दै तेश्रो स्थान हात पारेको छ । 

त्यसै गरी छात्रातर्फ प्रतिभाले भाष्कर माविलाई ३८–१६ को स्कोरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा मेरी गोल्डले केफलाई २८–९ ले पराजित गरेको छ । सम्पन्न खेलमा छात्रतर्फ प्रतिभाका निशान पुन उत्कृष्ट हुँदा छात्रातर्फ प्रतिभाकै विद्या गुरुङ घोषित भएकी छन् । प्रतियोगितामा प्रतिभाकी एरिना पुन मगर पारा माउण्टका अंकिट केसी सर्वाधिक स्कोरर हुन सफल भएका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा कार्यालयका निर्देशक अम्विका आचार्य, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । 

प्लस टु बास्केटबल अन्तर्गत छात्रतर्फ १६ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । 

 

टेबुल टेनिस डबल्समा ग्लोबललाई दोहोरो उपाधि

प्याब्सन कास्की अन्तर्गत जारी टेबुल टेनिस खेलतर्फ फाइनल खेलहरु सम्पन्न भएका छन् । छात्र–छात्रातर्फ डब्ल्सतर्फको फाइनल खेल भने ग्लोबल कलेजियटले दोहोरो उपाधि जितेको छ । छात्र डबल्समा ग्लोबलका पार्टनरद्वय जेनिथ ठकुरी र जेनिथ गुरुङको जोडीले फाइनलमा सिर्जनाका विशेष गौचन र रमि थापा मगरको जोडीलाई ८–११, ११–३, १३–११, ५–११ र १२–१० को सेटमा पराजित गरे । त्यसै गरी छात्रातर्फ ग्लोबल कलेजियटले नै जितेको छ । ग्लोबलका सुष्मि र मेलिनाको जोडीले सिर्जनाको प्रजिता र तृषाको जोडीलाई ६–११, ११–८, १३–११, ५–११ र ११–९ को सेटमा पराजित गरेको प्याब्सन कास्कीले जनाएको छ । 

टेबुल टेनिस छात्रा सिंगल्समा सिर्जनाकी तृष्णा पुन विजयी भएकी छन् । उनले फाइनलमा सगरमाथाकी सिजल बानियाँलाई ११–६, ११–७, ११–२ को सेटमा पराजित गरेकी हुन् । त्यसै गरी छात्रतर्फको फाइनल खेल ग्लोबलका कुशल केसीले लिटिल स्टेपका गौरव शेरचनलाई ९–११, ११–८, ११–५ र ११–४ को प्रतिष्पर्धात्मक खेलमा पराजित गर्दै जिते । 

 

भलिबलतर्फका खेल जारी

प्याब्सन कास्की अन्तर्गत जारी भलिबल अन्तर्गत प्लस टु (कक्षा ११–१२) र मावि तह छात्रातर्फ फाइनल खेल सम्पन्न भएको संयोजक नविन बरालले जानकारी दिएका छन् । प्लस टु छात्रातर्फको फाइनल खेल पश्चिमाञ्चलले प्रतिभालाई २५–१७, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ । यसै गरी गुरुकुलले केफलाई २५–१९ र २५–२१ को सोझो सेटमा पराजित गर्दै तेश्रो स्थान हात पारेको छ । 

मवि तह छात्रातर्फको फाइनल खेल टप्स माविले उपाधि जितेको छ । टप्सले रेन्वोलाई २५–१२, २५–५ र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी नेपाल आदर्शले ताराकुञ्जलाई २५–१४ र २५–९ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । 

प्लस टु छात्रतर्फ गुरुकुल र सिर्जना बोर्डिङ उपाधिका लागि भिड्ने भएका छन् । गुरुकुलले टप्सलाई २५–२२ र २५–२० को प्रतिष्पर्धात्मक खेलमा पराजित गरेको हो । केफ र सिर्जना विचको सेमीफाइनल खेल भने हुन सकेन । केफले बाहिरी खेलाडी खेलाए पछि न्यायिक समितिले छानविन पछि खेलबाट निष्कासन गर्दा सिर्जनाले सोझै फाइनलमा स्थान बनाएको छ भने टप्सले सोझै तेश्रो स्थान प्राप्त गरेको छ । 

मावितह छात्र भलिबलमा सिर्जनाले निलगिरीलाई २७–२५ र २५–२३ ले खेल जित्दै फाइनलमा स्थान बनाएको छ भने न्यू मोडलले धौलागिरीलाई २५–२१ र २५–२३ ले पराजित गर्दै सिर्जना संग फाइनलमा सिर्जना संग भेट पक्का गरेको छ । फाइनल खेल बिहिबार हुने आयोजकले जनाएको छ । 

 

एथलेटिक्सका खेल जारी

एथलेटिक्स मावीतर्फ १०० मिटर छात्रतर्फ टप्सका दर्शन गुरुङ प्रथम भएका छन् भने सिर्जनाका आशिष आचार्य द्वितिय र बेसलाइनका आयुश रायमाझी तृतिय भएका छन् । छात्रा १०० मिटमा टप्सकी पवित्रा गुरुङ पहिलो, बेसलाइनकी स्वस्तिका मल्ल दोश्रो र प्रगतीकी लिजा तामाङ तेश्रो भइन् । 

छात्र २०० मिटरतर्फ प्रगतीका वर्दान राज गुरुङ, इडेनका धिरज पटेल र निलगिरी रोनित गुरुङ क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने छात्रातर्फ टप्सकी पवित्रा गुरुङ पहिलो, डायमण्डकी एकता तिवारी दोश्रो हुँदा प्रगतीकी लिजा तामाङ तेश्रो भइन् । 

प्लस टु छात्रतर्फ २०० मिटर दौडमा सिर्जनका रिशव श्रेष्ठ, प्रतिभा मनिष तिलिजा पुन र प्रगतीका बिनय परियार क्रमश पहिलो, दोश्रो र तेश्रो भए भने प्लस टु छात्रतर्फ ४०० मिटर दौडमा प्रतिभाका निशान पोखरेल, वेष्ट पोइन्टका निशान रानाभाट, टप्सका जेनिश रसाइली क्रमश पहिलो, दोश्रो र तेश्रो हुन सफल भए । प्लस टु छात्रातर्फ ४०० मिटर दौडमा स्नो भ्यूकी पार्वती श्रेष्ठ, टप्सकी यूनिका गुरुङ, सिर्जनकी यूका बास्तोला क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

प्लस टु छात्र ८०० मिटर दौडमा टप्समा अमित गुरुङ, हिल पोइन्टका रमेश गुरुङ र न्यू मोडलका शचिन केसी क्रमश पहिलो, दोश्रो र तेश्रो भएका छन् । छात्रा ८०० मिटर दौडमा टप्सकी सविना खातुन मिया, भ्यू पोइन्टकी सजिना सुनार र सिर्जनाकी अश्मिना केसी क्रमश पहिलो, दोश्रो र तेश्रो हुन सफल भएका छन् । त्यसै गरी ट्रिपल जम्पतर्फ बेथानीका समिर शाही, बेसलाइनका रोहन श्रेष्ठ र ग्लोबलका अनिश खड्का क्रमश पहिलो, दोश्रो र तेश्रो भए ।

 

फुटबल मावि फाइनलमा शान्तिदिप र स्नो भ्यू भिड्ने

प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल फाइनल खेलमा शान्ति दिप र स्नो भ्यू भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनलमा शान्ति दिप र मेरी गोल्ड विचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा टुङ्गिए पछि नतिजा टाइ व्रेकरमा धकेलिएको थियो । टाइ ब्रेकरमा शान्तीदिपले ५–४ ले खेल जित्दै फाइनलको यात्रा तय गरेको हो । त्यसै गरी स्नो भ्यूले बालोदयलाई ४–० को गोल अन्तरले पराजित गर्दै फाइनलका स्थान शुरक्षित गरेको छ । 

फुटबल जुनियरतर्फ रेन्वो र इडेन फाइनलमा भिड्ने भएका छन् । रेन्वोले बेसलाइनलाई टाइ ब्रेकरमा ३–१ ले पाखा लगाएको हो । निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए भने एक अर्को सेमीफाइनलमा इडेनले कुमुदिनीलाई ३–० गोलले पराजित गरेको हो । फाइनल खेलहरु बिहिबार पोखरा रंगशालामा सञ्चालन हुने स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् । 

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत