८१ प्रतिशतले बढ्यो शंकास्पद कारोबार : राष्ट्र बैंक
- २३ मङ्सिर शुक्रबार, २०७९ | १६:३०:०० मा प्रकाशित
![](https://www.gaunsahar.com/uploads/news/images/1108838916nrb_nepal_rastra_bank.jpeg)
काठमाडाैं । गत आर्थिक वर्षमा नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधिमा व्यापक वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘फाइनान्सियल इन्फरमेसन युनिट–एफआईयू नेपाल’ को प्रतिवेदनअनुसार ८१ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले शंकास्पद कारोबारको उजुरी ८१.३४ प्रतिशतले बढेको देखाएको हो।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा शंकास्पद कारोबार (सस्पिसियस ट्रान्जेक्सन रिपोर्टिङ–एसटीआर र सस्पिसियस एक्टिभिटी रिपोर्टिङ– एसएआर) का २ हजार ७ सय ८० वटा उजुरी प्राप्त भएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७७७८ मा १ हजार ५ सय ३३ वटा एफआईयूलाई प्राप्त भएको तथ्यांकमा उल्लेख छ ।
उजुरीमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकबाट २ हजार ३ सय ८० वटा उजुरी परेको छ । रेमिट्यान्स कम्पनीबाट १८७ वटा, विकास बैंकबाट ११९ वटा र लघुवित्त वित्तीय संस्थाबाट १९ वटा, बीमा कम्पनीबाट ९ वटा उजुरी प्राप्त भएको छ। धितोपत्र कारोबार गर्ने कम्पनी,सहकारी र अन्यबाट पनि शंकास्पद कारोबारको उजुरी आउने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रमा क्रमश: ८,३ र ११ वटा उजुरी परेको छ ।
प्रतिकृया दिनुहोस