स्वास्थ्य बिमा कार्यक्रमले अपेक्षित सेवा प्रवाह गर्न सकेन
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर शुक्रबार, २०७९ | १३:३१:०० मा प्रकाशित

अर्घाखाँची । सम्पुर्ण नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनश्चिति गर्ने उद्देश्यले अर्घाखाँचीमा २०७४ सालदेखि सञ्चालन हुँदै आएको स्वास्थ्य बिमा कार्यक्रमले अपेक्षित सेवा प्रवाह गर्न सकेको छैन ।
दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको अर्घाखाँची जिल्लामा बिमा कार्यक्रम लागु भएको पाँच बर्ष बितिसक्दा करिब ३६ प्रतिशतले मात्र यो सुविधा प्राप्त गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए।
उनका अनुसार पुरुष ३४ हजार नौसय ५६ जना र महिला ३७ हजार चारसय ५१ जना गरि जम्मा ७२ हजार ४ सय ७ जना बीमा योजनामा समावेश भएका हुन्। । निःशुल्क तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने हेतुले बिमा कार्यक्रम लागु भएको भएपनि अर्घाखाँचीमा भने प्रभावकारी हुन सकेन ।
चालु आर्थिक वर्षमा ५० प्रतिशतमा यो सेवा बिस्तार गर्ने लक्ष्य रहेको भएपनि लक्ष्यमा पुग्न समस्या रहेको दर्ता अधिकारी थापाले बताए । बिमा कार्यक्रमको महत्त्व सर्वसाधारणमा पुर्याउन नसक्नु, बिमितले सेवा लिँदा ढिलासुस्ती हुनु, तोकिएको सेवा नपाउन स्वास्थ्य संस्थामा बिमा कार्ड लिएर आएकोलाई हेर्ने दृष्टिकोण नै फरक भएकाले पनि स्वास्थ्य बिमा प्रति स्थानीयको चासो कम भएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी गराए ।
स्वास्थ्य बीमाको लागि ५ जना सदस्य रहेको परिवारले ३ हजार ५ सयमा स्वास्थ्य बिमा गराउन सक्नेछन् । बिमा बापत रु १ लाख बराबरको वार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ ।
जिल्लामा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र आँखा उपचार केन्द्र सन्धिखर्कमा बिमाबाट स्वास्थ्य सेवा उपलब्ध रहेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी थापाले जानकारी दिए ।
७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,अति गरिब, पूर्ण अपाङ्ग, एचआइभी संक्रमित, कुष्ठरोगीका लागि निःशुल्क तथा स्वास्थ्य स्वयंसेविकाको लागि ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा हुने व्यवस्था रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस