सम्पदा क्षेत्र अवलोकन गर्न “विशेष बस”, अङ्ग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर आइतबार, २०७९ | १६:५०:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अघि सारेको पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याइएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्बीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागिएको हो ।
पहिलो चरणमा साझा यातायातका पाँच वटा बिजुली बस हरेक आधा घण्टामा पाटन, काठमाडौँ दरबार, पशुपति, बौद्ध र स्वयम्भु पुग्नेछ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना बनाइएको छ । पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभर होप अन होप अफका जुनसुकै बस चढ्न पाउनेछन् । करिब ३० किलोमिटर लामो पुरा यात्रा गर्न तीन घण्टा लाग्नेछ । आगामी अङ्ग्रेजी नयाँ वर्षदेखि होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा सञ्चालनबारे सरोकारवालाहरूसँग आइतबार मन्त्रालयमा छलफल समेत गरेका थिए । छलफलमा साझा यातायातका सञ्चालक, व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो ।
मन्त्री श्रेष्ठले काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएकाे हो । पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ ।
काठमाडौँका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस