दृष्‍टिकोण

आगामी संसद् कस्ताे बन्ला ?

गठबन्धन टुटे कांग्रेस एमालेको सरकार बन्ने आँकलन

संविधान अनुसार सरकार बनेको दुई वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चले पनि त्यसपछि भने अस्थिरताको बढ्न सक्छ ।  प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतपरिणाम हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भएर नयाँ दलका नयाँ उम्मेदवारले अग्रता कायम राखिराहेकाे अवस्था छ । 

१६५ निर्वाचन क्षेत्रमध्ये  नेपाली कांग्रेसले २८, एमालेले १७, नेकपा माओवादी केन्द्र ८,  राष्ट्रिय स्वतन्त्र पार्टीले ६, नेकपा एकीकृत समाजवादी पार्टीले ७, राप्रपाले २, नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) २, अन्य १, जनता समाजवादी पार्टी (जसपा) १, नागरिक उन्मुक्ति पार्टी १,  नेपाल मजदुर किसान पार्टी १,   जनमत पार्टी १   जनमोर्चा ठाउँमा जित हासिल गरेका छन् ।

सत्ता गठबन्धनकाे अवस्था

हाल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत ल्याउन गठबन्धनले १३८ सिट जित्नुपर्छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये हाल १६१ को मतगणना भइरहेको छ। अहिलेसम्म गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेसले सबभन्दा धेरै २५ सिट जितेको छ भने ३१ स्थानमा कांग्रेस अगाडि छ। गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले ७ सिटमा जित हात पारेको छ भने १० स्थानमा अगाडि छ। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ६ सिटमा जित हात पार्दा ५ सिटमा अगाडि छ। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि चुनाव जितेका छन् भने गठबन्धनसँगै मिलेर चुनाव लडेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि १ सिट जितेको छ र ३ सिटमा अगाडि छ।निर्वाचन बेला नेकपा एमालेबाट विद्रोह गरेको प्रभु शाह समूहका दुवै उम्मेदवारलाई सत्ता गठबन्धनको साथ छ। सर्लाही–४ बाट चुनाव लडेका अमरेशकुमार सिंहले पनि अग्रता लिइरहेका छन्। उनी कांग्रेसबाट बागी उठेका हुन्। चुनाव जितेपछि उनको साथ सत्ता गठबन्धनलाई हुनेछ। यसरी हिसाब गर्दा अहिलेको अग्रता कायम राखेको अवस्थामा सत्ता गठबन्धनले ९१ सिट प्राप्त गर्ने देखिन्छ।जारी मतगणनामा उलटफेर नभएको अवस्थामा अहिलेकै गठबन्धनको सरकार निर्वाचनपछि पनि बन्ने देखिएको छ। मतगणना जारी रहेका केही स्थानको अग्रतामा हेरफेर आउने सम्भावना भए पनि उलटफेरकै स्थिति भने देखिएको छैन।

आँकलन

ठूला तथा पुराना दलका नेताहरुलाई पाखा लगाउँदै संसद्मा थुप्रै संख्यामा नयाँ पार्टी र उम्मेदवारहरु आउने अवस्थाले राजनीतिक स्थायित्वमाथि नै प्रश्नचिह्न खडा हुन्छ । संसद्मा अहिले सम्मकाे भन्दा भद्दा राजनीतिक खेल हुनसक्छ किनभने  संसद्मा अत्याधिक धेरै राजनीतिक दलहरुको प्रतिनिधित्व हुनुले र कसैको बहुमत नहुनुले र संसद् अस्थिर बन्छ । नेपाली कांग्रेस पहिलो पार्टी, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुनसक्ने  छ ।  यद्यपि गठबन्धन टुट्न सक्ने र गठबन्धन टुटेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बन्नसक्छ । थुप्रै संख्यामा नयाँ पार्टी र उम्मेदवारहरु आउने अवस्थाले संसद् कसरी पूर्ण कार्यकालसम्म काम गर्न सक्ने बन्ला।

नयाँ राजनीतिक दलहरु पुरानो शैलीका नगएर कर्म, व्यवहार र आचरणले  पनि नयाँ हुनुपर्ने हुन्छ ।  प्रमुख राजनीतिक दलको भूमिका र नयाँ दल तथा स्वतन्त्रहरूको उमेदवारी लहरले नेतृत्व कुन रूपमा कसरी आउँछ, त्यो  निर्वाचनको परिणामले स्पष्ट पार्दैछ र निर्वाचनपछि पनि परिवर्तनको सम्भावना देखिने भन्ने आकलन गर्न मुस्किल छ।  नेपाली राजनीतिका गलत प्रवृत्तिको अन्त्य गर्दै मुलुकको विकास अबकाे आवस्यक्ता हाे ।

तपाईँको मत