राजनीति

ओली नेतृत्वको सरकारलाई मैले ढालेँ : माधवकुमार नेपाल

  • २४ कार्तिक बिहीबार, २०७९ | १४:५३:०० मा प्रकाशित

काठमाडौँ ।  मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दैएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफूले ढालेको बताएका छन्।

नेता नेपालले कसैले पनि टक्कर दिन नसक्ने ओली नेतृत्वको सरकार आफूले ढालेको बताएका  हुन्। उनले भने ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन्। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ,’ ।

विगतमा एमाले र माओवादीको गठबन्धनले नेकपा बनाए । सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा खारेज गरेपछि  माओवादी र एमाले पुनः छुट्टाछुट्टै दलको हैसियतमा फर्किए । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बन्न पुग्यो ।

तपाईँको मत