सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृतकाे निधन
- गाउँ सहर संवाददाता
- १८ कार्तिक शुक्रबार, २०७९ | ०९:४२:०० मा प्रकाशित

काठमाडाैं । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपरान्ह ठक्कर दिएको थियो ।
हिजो बेलुका ६ बजेतिर प्रदेश-३ ०२ ००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनामनगर बस्ने ३२ वर्षकी आस्था सुब्बाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा काठमाडाैं मोडल अस्पतलामा बेलुका पौने सात बजे ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुब्बा २०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । उनले इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख समेत भएर काम गरेकी थिइन् ।
उनी गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभामा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले नेतृत्व गरेको टोलीको सदस्यका रूपमा न्युयोर्क पनि गएकी थिइन् । राष्ट्रसंघ महाशाखाअघि उनी राहदानी विभागमा कार्यरत थिइन् ।
उनका पति र नाबालक छोरा छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस