राजनीति

गठबन्धन पूर्ण लाेकतन्त्र र समृद्ध नेपाल बनाउने पवित्र कामकाे लागि हाे : चाैलागाई

काठमाडाैं । नेपाली कांग्रेस, माओवादी, एकिकृत समाजवादी लगायत दलहरूकाे गठबन्धन पूर्ण लाेकतन्त्र र समृद्ध नेपाल बनाउने पवित्र कामकाे लागि भएकाे गठबन्धनकाे तर्फबाट प्रदेश सभा सदस्य रामेछाप २ का उम्मेदवार युवराज चाैलागाईले बताएका छन् । 

शुक्रबार राजधानी काठमाडाैंमा संयुक्त लाेकतान्त्रिक बाम गठबन्धन दाेरम्बा शैलुङ गाउँपालिका काठमाडाैं सम्पर्क समन्वय समिति आयाेजना गरेकाे चुनावी सभा तथा भेटघाट एवं चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै चाैलागाईले उक्त दाबी गरेका हुन् । 

'गठबन्धन पूर्ण लाेकतन्त्र र समृद्ध नेपाल बनाउने पवित्र कामकाे लागि भएकाे हाे । यसलाई लाेकतान्त्रिक विचारधारा र दृष्टिकाेणबाट हेर्नुपर्दछ । याे गठबन्धनले ऐतिहासिक कार्यभार पूरा गर्नेछ । व्यवस्थामाथि प्रश्न नउठ्ने गरि बलियाे बनाउनेछाैं । व्यवस्थाभित्रबाटै जनतकाे जीवनस्तर उकास्ने गरि आर्थिक परिवर्तनसँगसँगै विकास र समृद्धिकाे लागि काम गर्नेछ' उनले भने ।

माओवादीका पाेलिटव्यूराे सदस्य समेत रहेका चाैलागाईले गठबन्धनले बामपन्थी र लाेकतान्त्रिक धारलाई जाेडेर लाेकतन्त्रलाई बलियाे बनाउने बताए । साेही कारणले कांग्रेसले माओवादीका उम्मेदवार र माओवादीका मतदाताले कांग्रेसका उम्मेदवार गरि जिल्लाका आफूसहित प्रतिनिधिसभा तर्फका पूर्णबहादुर तामाङ (कान्छाराम),प्रदेश सभा सदस्य रामेछाप १ का उम्मेदवार ताराराम श्रेष्ठलाई भाेट हाल्न कुनै हिच्किचाहट गर्नुनहुने बताए । 

गठबन्धनका कारण एमालेकाे भागाभाग भएकाे बताए । उनले भने- 'लड्नका लागि मात्रै लडिरहेका छन् । परिवर्तनकाे मेरूदण्डकाे रूपमा यसपटककाे निर्वाचन रहेकाे उनले बताए । लाेकतन्त्रकाे बारेमा माओवादी र कांग्रेससहित गठबन्धन दलहरू एकैठाउँमा रहेकाे छ । यसलाई राजनीतिक आन्दाेलनकाे रूपमा लिनुपर्दछ । राजनीतिक परिवर्तनका लागि जसरी कांग्रेस र माओवादी एकैठाउँमा आए त्यसरी नै अहिले पनि लाेकतन्त्रकाे बेला बेला देखिएकाे आक्रमणबिरूद्ध गठबन्धन आवश्यक रहेकाे हाे । त्यसकारण याे गठबन्धनका बारेमा आशंका, अफ्ठेराे मान्नुपर्नेका कारणै छैन । यसले सकारात्मक सन्देश नै दिनेछ । याे मेलमिलापले देशलाई घाटा गर्नेछैन । याे कुरा इतिहासले पनि पुष्टि गरिसकेकाे छ । चाहे पञ्चायत हाेस् वा राजा फ्याँक्ने आन्दाेलनमा भएकाे एकता हाेस् ।' 

उनले रामेछापमा गठबन्धनले जितिसकेकाे कति मतान्तरकाे भन्ने हिसाब मात्रै बाँकी रहेकाे दाबी गर्दै नेता-कार्यकर्ताहरूलाई अझ सशक्त ढंगले लाग्ने आग्रह गरे ।

चाैलागाईले दलहरूलाई अब कुरा मात्रै गरेर बस्ने छुट नभएकाेले जनताका मुल मुद्धामा केन्द्रित हुनुपर्नेमा जाेड दिए । गठबन्धनले नयाँ पुस्तालाई फाइदा पुग्ने दाबी उनकाे छ । उनले भने- 'अहिले धेरै युवापुस्ताले टिकट पाएकाले उनीहरूकाे पनि परीक्षण हुने दिन नजिकिएकाे छ ।' 

दुवै पार्टीका नेताहरूले गठबन्धनलाई जिताउन सक्रिय भूमिका जरूरत भएकाेले काठमाडाैंमा रहेकाहरूले रहेका मतदाताहरूलाई लैजाने व्यवस्थापन गरिने बताए । 

'चुनाव जितेपछि हामीले छि भन्ने अवस्था आउने दिनेछैनाैं । नीतिगत रूपमा रहेर रामेछापकाे समृद्धि र विकासकाे लागि प्रतिवद्ध छाैँ । शीर उँचाे राखेर एक एक मतदातालाई बिर्सने छैनाैं । रामेछापकाे आवाज र माटाे संसदमा पुर्याउनेछाैं । जनताकाे हितकाे लागि काम गर्न हाम्राे ध्यान हुनेछ । जिल्लाकाे भाैतिक विकाससँगै मानवीय विकासमा पनि जाेड रहनेछ । शिक्षा, स्वास्थ्य, संस्कारमा हाम्राे ध्यान रहनेछ चाैलागाईले भने ।'  

गाउँ सहर संवाददाता

तपाईँको मत