खेल

महिला बास्केटबलमा प्रदेश-१ विरूद्ध बागमतीको जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा प्रदेश-१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा प्रदेश-१ लाई ७५-२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७-६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश-१ ले कमजोरी खेल प्रदर्शन पुनः बागमती प्रदेशले २३-३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममा २२-८ र १३-९ को अन्तर बनायो ।

प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विना मणि योञ्जनले १३ अंक जोडेकी थिइन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत