ग्लोबल आइएमई बैंकको सहकार्यमा त्रिविमा वृक्षारोपण कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २६ असोज बुधबार, २०७९ | ११:५०:०० मा प्रकाशित

काठमाडाैँ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिव मंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा विरुवा रोपेर गरेकी थिइन् ।
विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरीस, अमलालगायत विभिन्न प्रजातीका विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।
कार्यक्रममा विश्वविद्यालयको आयुर्वेद क्याम्पस प्रमुख प्रा. डा. शिव मंगल प्रसाद, त्रिभुवन विश्वविद्यालयका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोद कुमार सिंह, प्रशासकीय प्रमुख कुमार के.सी., प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
प्रतिकृया दिनुहोस