ओली प्रधानमन्त्री हुँदाका आइजीपी खनाल एमाले प्रवेश
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | १३:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।
खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो राष्ट्रवादी आफूले अरू कोही प्रधानमन्त्री नदेखेको बताएका छन्।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा भित्र्याएपछि उनले ओलीको राष्ट्रवादी अडानबाट प्रभावित भएको बताएका हुन्।
उनले भने, ‘मेराे कार्यावधिभर सातवटा प्रधानमन्त्री पाएँ। तर, उहाँजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरू कोही पनि मैले पाइनँ । त्यसैले उहाँकै शीतल छहारी पाउने विश्वासका साथ एमाले रोजेँ ।’
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए ।
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।
खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस