ओली प्रधानमन्त्री हुँदाका आइजीपी खनाल एमाले प्रवेश
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | १३:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।
खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो राष्ट्रवादी आफूले अरू कोही प्रधानमन्त्री नदेखेको बताएका छन्।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा भित्र्याएपछि उनले ओलीको राष्ट्रवादी अडानबाट प्रभावित भएको बताएका हुन्।
उनले भने, ‘मेराे कार्यावधिभर सातवटा प्रधानमन्त्री पाएँ। तर, उहाँजस्तो राष्ट्रवादी प्रधानमन्त्री अरू कोही पनि मैले पाइनँ । त्यसैले उहाँकै शीतल छहारी पाउने विश्वासका साथ एमाले रोजेँ ।’
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए ।
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।
खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस