रिलायबल नेपाल लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट
- गाउँ सहर संवाददाता
- ५ असोज बुधबार, २०७९ | २२:१३:०० मा प्रकाशित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ब्यतित बीमालेखमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कम्पनीले यस्तो व्यवस्था गरेको हो । यस सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू हुनेछ ।
उक्त अवधिमा पुनर्जागरण गराउने बिमीतहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत छुट पाउने भएका छन् । २ बर्ष अगाडिदेखि व्यतित भएका बीमालेख लापेष्ड पोलिसीको पूनर्जागरण रिभाइबल गर्दा ब्याज छुट उपलब्ध गराइने भएको हो । बीमालेख पूनर्जागरण हुँदा बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा उपलब्ध हुनेदेखि लिएर बीमालेख अन्तर्गतको सबै जोखिम बहन सुविधा पुनः शुरु हुने प्रावधान छ ।
बीमालेख पूनर्जागरण गरेपछि बीमाशुल्क तिर्न बाँकी रहेको अवधिको समेत बोनस रकम बीमालेखको भुक्तानी प्राप्त गर्ने समयमा पाइने व्यवस्था छ । यस सम्बन्धी थप जानकारीको लागि अभिकर्ता वा नजिकको शाखा तथा उप–शाखा कार्यालयमा सम्पर्क गरी बुझ्न आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस