स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराद्वारा सिकाइ सामग्री हस्तान्तरण
- गाउँ सहर संवाददाता
- ५ असोज बुधबार, २०७९ | २२:०६:०० मा प्रकाशित

पोखरा । स्वाबलम्बन जीवनपद्धती केन्द्र–पोखराले अपाङ्गता भएका बालबालिकाहरू अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतीका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
ह्याण्डिक्याप ईन्टरनेशनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा संचालित “सबैका लागि पढाइ कार्यक्रम“ परियोजना अन्तर्गत पोखराका तीन विद्यालयलाई अपाङ्गता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो ।
पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टिका मा.विका बौद्विक अपाङ्गता विद्यार्थीका लागि करिब सात लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष हेम बहादुर गुरुङले जानकारी दिए।
ती विद्यालयलाई स्मार्ट टिभि, राउण्ड टेबल, पि. फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ्ग पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामाग्री लगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामग्री विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा उप–प्रमुख गुरुङले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि काम गर्नु सरकारको कर्तव्य भएको बताउदै अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच स्थापित गर्न प्रोत्साहन सहितको भर्नालाई प्राथमिकता दिएको र निकट भविष्यमा नै आवश्यक कार्यविधि बनाइ अगाडि बढ्ने दृढता व्यक्त गरिन् ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले हुनेले आफ्नो लागि आफैले गर्न सकेपनि नहुनेका लागि राज्य आवश्यक भएको बताए।
केन्द्रका अध्यक्ष हेम बहादुर गुरूङले महानगरले समावेशी शिक्षा नीति बनाइ अपाङ्गतालगायत कठिनाइमा रहेका सबै बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा ह्याण्डिक्याप इन्टरनेशनलका प्रतिनिधि शिवानी भट्टराई, महानगर शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य, सामाजिक विकास महाशाखाका प्रतिनिधि गीता न्याैपाने लगायतकाे उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस