अर्थतन्त्र

ग्लोबल आईएमईले थाल्यो अनलाइन भिडियोमार्फत ग्राहक पहिचान सेवा

काठमाडाैं । ग्लोबल आईएमई बैंकले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवातसँगै ग्लोबल आईएमई बैंकका नयाँ ग्राहकले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गराई खाता सञ्चालन गर्न सक्नेछन् ।

नयाँ खाता खोल्ने ग्राहकले खाता खोल्न र केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन । नयाा खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित पनि भिडियोमार्फत गर्न सकिने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेकोमा भिडियो केवाईसीबाट सेवा अझ प्रभावकारी हुने जनाएको छ ।

यो सेवाबाट फरक क्षमता भएका व्यक्तिगत ग्राहक र विदेशमा बसोबास गर्ने नेपाली नागरिकले जुनसुकै ठाउँबाट भिडियो केवाईसीमार्फत खाता खोल्न सक्नेछन् । बैंकका देशभर ७७ वटै जिल्लामा कुल २८९ शाखा, २७० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत