लघुकथा : रक्षा बन्धन
- डा. विदुर चालिसे
- २७ श्रावण शुक्रबार, २०७९ | ०९:३४:०० मा प्रकाशित

देवालयमा पण्डितहरू थिए । जीवन जाेगाड गर्ने मुख्य मन्त्र उनीहरूकाे मुखबाट छुटिरहेकाे थियाे । मन्त्रकाे प्रभाव कस्ताे थियाे । उनीहरू पनि जान्दैन थिए । कण्ठस्थ थियाे । निरन्तर गाइरहन्थे ।
"येन बध्दाे बलिराजा ....!"
जीवनकाे सुरक्षा चाहने एक सिपाई आएर पण्डितकाे अगाडि हात तेर्स्याएर भन्याे ।
"लाै गुरु ! मेराे जीवनकाे रक्षा हजुर कै हातमा छ !"
सिपाईकाे तेर्सिलाे र पण्डितकाे लम्बिएकाे हातमा परिवर्तनकाे दम थियाे । नेता र कार्यकर्ताकाे सुरक्षा आदान प्रदानकाे लागि मिलाइएकाे गर्विलाे हस्त मिलनजस्तै थियाे । पण्डितले सगर्व भने ।
"आज गजबकाे हस्तमैथुन भयाे, हाम्राे !"
"किन र गुरु !"
"एउटा सिपाईकाे जीवन रक्षा भाे ।"
सिपाईले कुरा बुझेन । उसले आफ्नै ड्युटीकाे कार्गेड सम्झ्याे । कार्गेडकाे लावा लश्कर अन्य सिपाईहरूलाई सम्झ्याे । हातमा राइफल, काँधमा ढाल, पिठ्यूँमा खजाना, कम्मरमा गाेलीकाे खाेका, टाउकाेमा हेलमेट र खुट्टामा गह्राैँ कालाे बुट सम्झ्याे । वेदना र पीडा नि सम्झ्याे । अनि पण्डितलाई टाेल्हाएकाे मनले साेध्याे ।
"के याे पहेंलाे डाेराेले जीवनकाे रक्षा गर्छ ?"
"वैदिक मन्त्रले युक्त बन्धनले अवश्य गर्छ !"
सिपाईकाे मन ड्युटीकाे सकस, सुरक्षा र जीवन बाँच्ने त्राणले झल्यास्स भयाे । उसले एक पाेकाे पहेँलाे डाेराे आफ्नाे खल्ती हालेर व्यारेक पुग्याे । व्यारेकमा पहिला आफ्नै अफिसर कहाँ पुगेर भन्याे ।
"अबदेखि हजुर ! कार्गेड हटाइ पाउँ !"
"जागिर खान मन लागेन र ?"
"हैन, देशकाे बजेट कम खर्च गर्न !"
"महान नेताहरूकाे सुरक्षाकाे जिम्मा कसले गर्छ त ?"
सिपाईले पकेटमा भएकाे पहेँलाे डाेराे झिक्याे। पण्डितले जस्तै मन्त्र पढ्याे । पहेँलाे डाेराे दिएर भन्याे ।
"लाै, हजुर लिनाेस् ! जनताकाे कार्गेड !"
अधिकृत मस्तले हाँस्याे । उसले नेताहरूसँग गएर चाकडी गर्दै हात जाेड्न थाल्याे ।
"जीवन रक्षाकाे रक्षा बन्धन !"
उनीहरूले जीवन सुरक्षाका लागि रक्षा बन्धनकाे रूपमा फेरि कार्गेड सुचारू गरे ।
"येन बद्धो बलि: राजा दानवेन्द्रो महावल:।
तेन त्वां प्रतिबध्नामि रक्षामा चलमा चल ।"
प्रतिकृया दिनुहोस