दिगोविकास

शनिबार देशका केही स्थानहरूमा हल्कादेखि भारी वर्षा हुने

काठमाडाैँ । जल तथा माैसम विभागका अनुसार २०७९ श्रावण २१ गते (शनिबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसरी नै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता