स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमईको सहकार्यमा ‘कोप कार्ड’
- गाउँ सहर संवाददाता
- २० श्रावण शुक्रबार, २०७९ | १४:०९:०० मा प्रकाशित

काठमाडौं । सहकारीहरूका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार सहकारीहरूका लागि ‘कोप कार्ड’ शुभारम्भ गरेका हुन् ।
बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमबिच ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ । विगत केही समय अगाडीदेखि एससीटीले एक सय भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सत्रै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरूप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटिएम कार्ड, स्मार्ट कार्ड र मोबाइल बैङ्किङ मार्फत आफ्नो सेवा दिँदै आएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै सुविधा पुर्याउँदै आएकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको छ ।
यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्ट्राक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम, पिओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस ‘कोप कार्ड’ ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरूले जारी गर्नेछन् ।
यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी ‘कोप कार्ड’ जारी गर्न सक्ने राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस