राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ३५ खेलाडी छानिए, काे काे परे ?
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | २०:०८:०० मा प्रकाशित

काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि जारी नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ३५ खेलाडी छानिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट २३ खेलाडी बाहिरिएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । समूह 'बी' मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको 'बी' रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
छनोटमा परेका ३५ खेलाडी :
गोलकिपर - एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक
डिफेन्डर - अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा थोकर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, गंगा गुरुङ
मिडफिल्डर - सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, मञ्जली कुमारी योञ्जन, दीपा शाही, हिमा चौधरी,सविता राना मगर,ईन्दिरा राई,सरस्वती ऐर,कुशुम खतिवडा
फरवार्ड - सावित्रा भण्डारी, अनिता केसी, निर्मला विक, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस